मोरङ : विराटनगरबाट भोजपुरको लागि छुटेको बसले मोटरसाइकललाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।

को १ ख ३८०५ नम्बरको बसमा दुईवटा मोटरसाइकल ठोक्किएका हुन् । को २१ प ४३२४ र स ८ प २११७ नम्बरको मोटरसाइकलमा सवार ४ जनाको अवस्था नै गम्भीर रहेको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको र उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बस बिहान ५ बजे विराटनगरबाट भोजपुर जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट आएको मोटरसाइकल बसमा ठोक्किन पुगेको र दुर्घटनामा परेर उछिट्टिएको मोटरसाइकलले अर्को मोटरसाइकललाई दुर्घटनामा पारेको प्रहरीले जनाएकोछ ।

घाइतेहरुको विराट मेटिकल कलेजमा उपचार भैरहेको छ ।