धनुषा : सशस्त्र प्रहरी बल धनुषाले जनकपुरबाट एक व्यक्तिलाई झण्डै १३ केजी चाँदीसहित पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नमबर २५ स्थित विन्धिबाट महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ४ बस्ने ३४ वर्षीय बालबोध प्रसाद साहलाई अवैध चाँदीसहित पक्राउ गरेको हो ।

साहले भारततर्फ चाँदी लैजान लागेका बेला मोटरसाइकलसहित पक्राउ गरेको शसस्त्र प्रहरीले जनाएको छ । साहको साथबाट बरामद चाँदी ७ लाख ८९ हजार ३ सय ५ रुपैयाँ बराबरको रहेको छ ।

दुईवटा पोकामा १२.७ किलोग्राम चाँदी बुनिया, बजाज मोटरसाइकल सहित ८ लाख ४९ हजार ३ सय ५ रुपैयाँ नियन्त्रणमा लिएर जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सुशीलप्रसाद पराजुलीले जानकारी दिए ।