ईटहरी :  पछिल्लो समय सामाजिक सञ्जालको बढदो प्रयोग सँगै बिकृति समेत उत्तिकै बढेको छ । बढदो बिकृतिलाई रोक्न र सामाजिक सञ्जालको सही सदुपयोग गर्दै अघि बढ्न प्रेरित गर्ने लक्ष्यका साथ सुनसरकिो ईटहरीमा एक दिने सामाजिक सञ्जाल र साईबर सुरक्षा सम्बन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ ।

ग्राफिका ईन्टरनेशनल प्रा.लि. ईटहरी सुनसरीकाे आयोजनामा शुक्रबार ईटहरी सेन्ट्रल प्लाजा स्थित हाेटल भरण्डामा आयोजित कार्यक्रममा बढदो सामाजिक सञ्जालको दुरुपयोग र यसबाट बच्ने उपायका बारेमा ग्राफिकाका प्रबन्ध निर्देशक शुरेसचन्द्र दाहालले सहजीकरण गरे । उनले सामाजिक सञ्जालको दुरुपयोगका कारण बढी अपराधका घटनामा बृद्धि भएको भन्दै त्यसलाई रोक्न सबैले सचेत रहनुपर्ने बताए ।

बिशेषगरी एसइइ दिएर बसेका,११ र १२ कक्षामा अध्यायनरत र युवायुवतीले ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराईएको थियो । युवा अबस्थामा रहेका अधिकांश युवायुवतीहरुलाई लक्षित गरी सो कार्यक्रम आयोजना गरिएको ग्राफिकाकी सञ्चालक गायत्री बास्काेटाले बताईन । कार्यक्रममा पाथिभरा जब लिंक प्रा.लिका सञ्चालक पवन अधिकारीले सबैले सिप सिक्नु जरुरी रहेको र बिना सिप अहिलेको जमानामा काम पाउन असम्भब रहेको बताए ।

उनले सिपमुलक काममा सबैले ध्यान दिनुपर्ने बताए । बजारमा दक्ष जनशत्तिको अभाव रहेको भन्दै उनले सबैले सिप सिक्नुपर्ने बताए । कार्यशालामा सुनसरी र मोरंगका १ सय बढी बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

www.purbelinews.com बाट