विराटनगर: विराटनगर जुट मिल क्षेत्रमा राजनीतिक संग्रहालयसहितको पार्क बनाउँन विज्ञहरुले सुझाव दिएका छन् ।

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले गठन गरेको राजनीतिक संग्राहलयका लागि सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाउँदै विराटनगर जुट मिल क्षेत्रमा राजनीतिक संग्रहालय र पार्क निमार्णका लागि सुझाव दिएको हो । कार्यदलले ४५ दिन लगाएर अध्ययन गरि तयार गरेको प्रतिवेदन आज आइतबार सामाजिक विकास मन्त्रि जीवन घिमिरेलाई बुझाएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्रि घिमिरेले विराटनगर जुट मिल नेपालीको प्रजातान्त्रिक आन्दोलनको उद्गम स्थल अर्थात राजनीतिक जागरणको केन्द्र मात्र नभएर, विराटनगर जुट मिल देशकै पहिलो दर्तावाल उद्योग, साथै नेपालमा रोडियो र विद्युत उत्पादनको केन्द्र पनि भएकाले त्यो संरक्षण र विकासका लागि मन्त्रालयले सक्दो कार्यगर्ने बताए । उनले प्रदेश सरकारले कार्यदलले दिएको सुझावलाई कार्यान्वयन गर्नका लागि अब संग्रहालयको डिपिआर बनाउने र कार्यलाई अगाडी बढाउने बताए ।

प्रतिवेदनमा नेपालका विभिन्न संग्राहलयको अध्ययन र अवलोकन गरेर त्यसलाई दीगोपन दिने खालको निमार्ण गर्न सुझाव दिइएको कार्यदलका सदस्य यज्ञ शर्माले बताए । नेपालको राजनीतिक आन्दोलनका योद्धाहरु शहीदका परिवारलगायतका व्यक्तिहरुसंग छलफल गरेको र ती आन्दोलनमा प्रयोग भएका समाग्रीहरु सहितको संग्राहलय बनाउँनु पर्ने, त्यसको दीगोपनका लागि पार्क, सपिङ महल, पर्यटन सुचना केन्द्र, पार्किङ लगायतका सुविधाहरु राख्न सुझाव दिएको छ ।

नेपालको राजनीति र उद्योगिक आन्दोलनको अग्रणी जुट मिलमा त्यो संग्राहलय राख्न प्रशस्त ठाउँ भएकाले त्यस क्षेत्रमा संग्राहलय बनाउँदा उपयुक्त हुने देखिएको कार्यदलका संयोजक ओम कोइरालले बताए । सामाजिक विकास मन्त्रालयले प्रदेश नं १ मा राजनीतिक संग्रााहलयका लागि अध्धयन गर्न ओम कोइरालाको संयोजकत्वमा १५ सदसीय कार्यदल गठन गरेको थियो । समितिका विभिन्न क्षेत्रका विज्ञहरु सदस्य थिए ।