पथरी: लेटाङ्ग नगरपालिकाका प्रमुख शंकर राईले खोला दोहनका विषयमा मिडियाले अनावश्यक भ्रम फैलने गरी आफ्नाविरुद्ध समाचार प्रकाशित गरेको आरोप लगाएका छन् ।

लेटाङ्ग नगरपालिकामा आइतवार पत्रकार सम्मेलन गरेर मेयर राईले खोला दोहनका विषयमा केही समुह र अनलाइनहरु हात धोएर लागेको आरोप लगाएका हुन । उनको भनाइ थियो,विकाश निर्माणका काम गरेको कसैले देख्दैन खोला दोहन को आरोप पनि म माथी नै लगाइयो । खोलाको ठेक्का लेटाङ्ग नगरपालिकाले आफु खुसी खोला लगाउन नपाउने उनले बताए । यसको लागि वन कार्यालयदेखी केन्द्रसम्मको सहमतिमा कति खन्ने भन्ने आधारसहित स्थानिय चिसाङ्ग खोलावाट खोला जन्य सामाग्री निकालिएको उनको दावी गरे । केही स्थानीय व्यक्तिको उक्सावटमा प्रदेशसभा सदस्य पनि आफु विरुद्ध लागेको प्रति दुःखी भएको उनको भनाइ थियो ।

स्थानीय चिसाङ्ग खोलाबाट खोला जन्य सामाग्री निकाल्दा अनाधिकृत रुपमा धेरै खोला जन्य सामाग्री निकालिएको प्रति प्रदेशसभा सदस्य उपेन्द्र घिमिरे पनि रुष्ट वनेका थिए । त्यसतर्फ इकित गर्दै राईले खोला दोहनको कार्यमा नगरपालिका दोषी नभएको स्पष्ट पारेका हुन् ।