पथरी: मोरङ्गको लेटाङ्ग नगरपालिकाले स्थानिय किसानलाई गाईका वाच्छा र भैसीको पाडा वितरण गरेको छ ।

गार्ई पालन गर्ने किसानको संख्या वृद्धि गर्न गाईका कोरली वितरण गरिएको हो । नगरपालिकाले आइतवार अन्तरक्रिया कार्यक्रम गरि ‘किसान संग मेयर’ कार्यक्रम सन्चालन गरेको हो । सो अन्तरक्रियामा वोल्दै लेटाङ्ग नगरपालिकाका मेयर शंकर राईले उत्कृष्ट कृषकलाई नीति बनाएर अनुदान दिने कार्यक्रम ल्याइन लागेको वताए । राईका अनुसार लेटाङ्ग नगरपालिकाले कृषी जन्य सामाग्रीमा कर छुट गर्ने योजना वनाएको वताए ।

सोही कार्यक्रममा लेटाङ्ग नगरपालिकाकी उप्रप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ्गवाट कृषकलाई राहात हुने गरिको कार्यक्रम आगामी वजेटमा ल्याइन लागेको वताइन् । लेटाङ्गका ९ वडा वाट ५ जनाको समुहमा वनेका १० वटा समुहलाई ३० लाख वरावरका कोरली वाछा र पाडी वितरण गरिएको छ भने किसानलाई टनेल र ट्याक्टर समेत वितरण गरिएको छ ।