सुनसरी: इहरीका मेयर द्धारिकलाल चौधरीले आफु उद्दण्ड नभै अनुशासित व्यक्ति भएको दाबी गर्दै पत्रकार विराट अनुपमसँगको फोन वार्ता र अन्य अन्र्तवार्तातर्फ संकेत गर्दै आफुले व्यक्त गरेको विचार फिर्ता लिएको बताएका छन् ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै मेयर चौधरीले आफ्नो अभिव्यक्तिले पत्रकार अनुपम र सञ्चार जगतमा परेको चोटप्रति पनि दुःख व्यक्त गरेका छन् । सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो मनसाय नभएको र आगामी दिनमा पनि नरहने उनले विज्ञप्तीमा खुलाएका छन् । फेसबुकमा भएको कमेन्टको बिषयमा आक्रोशपुर्ण फोन गरेपछि संवादको क्रममा आवेगजन्य परिस्थितिको कारण आफुले त्यस्तो अभिव्यक्ति दिएको मेयर चौधरीले खुलाएका छन् ।

mayor-press

उनले विज्ञप्तीमा भने माफी मागेका छैनन्, र पत्रकार विराट अनुपमको नाम पनि कतै उल्लेख गरेका छैनन् । यस किसिमको विज्ञप्ती उनले यसअघि पनि पत्रकार कृष्ण वहावलाई लोपारेपछि निकालेका थिए । त्यसपछि पनि उनले पत्रकार विराट अनुपमसँग फोन वार्तामा नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्दै धम्की दिएका थिए भने सार्वजनिकरुपमा नै अन्र्तवार्ता दिने क्रममा पनि सो कुरा दोहोर्याएका थिए ।