धरान : धरान उपमहानगरपालिका वडानँ १४ मा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको अगुवाईमा डेँगु नियन्त्रणका लागि व्यापक अभियान चलाईएको छ ।

आईतबार इटहरीबाट निजि फगिङ मेसिन झिकाएर बिजयपुरको डाडागाउ, मण्डप चौक, तीनधारेपथ र दन्तकालीपथमा फगिङ गरिएको छ । धरानकै उच्च ठाउँ भए पनि बिजयपुर चौक र मण्डपचौकमा एडिज जातको लामखुट्टे सार्ने लामखुट्टे फेलापरेको छ ।

डेँगुबाट सजग गराउन घर दैलो अभियान सँगै नियन्त्रणका विभिन्न अभियान चलाईएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । बिजयपुर डेँगुको अत्यन्तै जोखिम रहेको भए पनि नियन्त्रणको प्रयास धरानउपमहानगरपालिकाबाट प्रभावकारी नगरिएको र वडाअध्यक्ष आफैले पहल कदमी गरेको बताईएको छ ।