मनिला : फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए । पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको हो ।
कामारिन्स सुर प्रान्तमा शनिबार भएको उक्त दुर्घटनामा अरु दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका बालबालिका ४ र ५ बर्षका रहेका छन् ।
दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।