झापा: झापाको दमक नगरपालिका भएको ३७ वर्षपछि बल्ल दमकको १० नम्बर वडामा खानेपानी आयोजना निर्माण कार्य शुरु भएको छ ।

यसरी आफ्नो वडामा खानेपानी आयोजना बन्ने भए पछि स्थानीबासीहरु हर्षित भएका हुन । बर्षौ देखि भुमिगत ट्यबेलको पानी प्रयोग गर्न बाध्य यस भेगका स्थानीयबासीहरु आयोजना सम्पन्न भए पछि शुद्ध पिउने पानी उपभोग गर्न पाउनेमा निकै आशाबादी देखिएका छन । बर्षौ देखी भुमिगत ट्युबेलको पानी प्रयोग गर्न बाध्य साविक वडा नम्बर १५, १६, १७, १८ र १९ नम्बर वडाका स्थानीयबासीहरु खानेपानी आयोजनाबाट लाभान्वित हुने बताइएको छ ।

नगरको शहरी क्षेत्रमा मात्रै केन्द्रित भएका खानेपानी योजनाहरु ग्रामिण भेगमा पनि संचालनमा आउने भएपछि स्थानीयहरु निकै आशाबादी पनि बनेका छन । बाह्रघरे खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्र्तगत यस आयोजनाको काम अहिले धमाधम भईरहेको छ । आयोजनाको निर्माणको लागी स्थानीय नरबहादुर बिष्ट, लाईफ लाइन अस्पताल, र बेधनिधि सिवाकोटीबाट करिब ८ कट्ठा जग्गा निशुल्क उपलब्ध भएको हो । आयोजनाको लागी प्रदेश सरकारबाट बिनियोजित ९० लाख बजेटबाट अहिले आयोजना निर्माण काम भइरहेको छ ।

62

डिपिआर सहित आयोजना स्थलमा पहिलो चरणमा पक्की घेराबारा, सडक बिस्तार ,कल्भर्ड निर्माण, बोरिङ गाड्ने काम भइरहेको समितिले जनाएको छ । ४ लाख ५० हजार घनलिटरको ट्ङकी र २ वटा बोरिङ रहने यस आयोजना बाट दमक ९ को आंशिक र १० को सबै क्षेत्र गरेर १ हजार ६ सय ७१ घर धुरी लावन्धीत हुने समितिका सचिब खगेन्द्र भट्टराईले बताए ।

सानो बाह्रघरे खानेपानी आयोजना नगरको दक्षिणी भेगका नगरिकहरुका लागी लक्षितगरि निर्माण शुरुगरिएको दमक नगरपालीकाले जनाएको छ । जिल्ला खानेपानी डिभिजन कार्यालयको समन्वयमा निर्माण भइरहेको यस आयोजनामा प्रदेश सरकारको क्रमागत बजेट मार्फत ५ करोड रुपैयाको अनुमानित लागतमा ५ बर्ष भित्रमा आयोजना निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको दमक १० का वडा अध्यक्ष बोधराज न्यौपानेले बताए । दमक नगरपालीकाले हाल ३ वटा ४ सय ५० घनलिटरको टयाङकी बाट शहरीक्षेत्रमा ९ हजार ५ सय घर धुरीलाई शुद्धखानेपानी बितरण गरिरहेको छ ।

नगरका ५, ६, ७ बाहेक १, २, ४, ८ र ९ का शहरी क्षेत्रका घरधुरीमा शुुद्ध खानेपानीको धारा जडान भइसकेको जनाएइको छ । करिब १ लाख जनसंख्याको बसोबास रहेको दमकमा हालसम्म ४५ हजार नगरिकले मात्र धाराको शुद्ध पिउने पानी उपभोग गर्र्दै आएको दमक नगरपालीकाले जनाएको छ । तर यसता जनताको अति आवश्यक आयोजना तोकिएकै समयमा निर्माण सम्पन्न हुनु पर्ने स्थानीय राजु तामाङको भनाई छ ।