धरान:सुनसरी उद्योग वाणिज्य संघको मतगणना भइरहेको छ । अहिलेसम्म एशोसिएटतर्फको मतपरिणा भने आइसकेको छ ।

एशोसिएटतर्फको ३ जना सदस्यमा राजिव गोयल, गोपाल श्रेष्ठ र अनिल अग्रवाल विजयी भएका छन् । मतपरिणाम अनुसार गोयलले ६२ मत पाएका छन् भने श्रेष्ठले ५३ र अग्रवालले ४६ मत पाएर विजयी भए । अन्य उम्मेदवार किसन मास्केले ४० र राजु साहले ३९ मत मात्र पाएका छन् । एशोसिएटतर्फ कुल ८३ मत भएपनि ८० मत मात्र खसेको थियो ।