धरान: सुनसरी उद्योग वाणिज्य संघमा अहिले मतगणना भइरहेको छ । अध्यक्ष पदमा ८ सय मत गणना हुदा उम्मेदवार गिरीधारी सापकोटा ५८ मतले अघि छन् ।

निर्वाचन उपसमितिले दिएको जानकारी अनुसार ८ सय मत गणना हुदा सापकोटाले ४१९ मत पाएका छन् भने अध्यक्षका अर्का प्रत्यासी विजय श्रेष्ठले ३६१ मत पाएका छन् । अहिले पनि मतगणना जारी छ । एशोसिएटतर्फको ३ सदस्यमा भने राजिव गोयल, गोपाल श्रेष्ठ र अनिल अग्रवाल विजयी भइसकेका छन् ।