धरान: सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गिरीधारी सापकोटा विजयी भएका छन् ।

भर्खर प्राप्त मतपरिणाम अनुसार अध्यक्ष पदमा गिरीधारी सापकोटा ७८ मतले विजयी भएका छन् । उनले ७४१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी विजयी श्रेष्ठले ६६३ मत प्राप्त गरे । कुल १७४८ मतदातामध्ये १४३४ मत खसेको थियो । 

IMG_8399

यस्तै, वाणिज्य सदस्यतर्फ मानबहादुर विश्वकर्मा(५८५ मत), सीताराम आचार्य(५६९ मत), नविन राजभण्डारी (५४६ मत), मनाज श्रेष्ठ(५२७ मत), सशी साह(५०७ मत), राजेश अग्रवाल( ५०३), अशोक जैन डाँगा(४७५ मत) र दिनेश राई(४७१ मत) पाएर विजयी भए । यसैगरि,वाणिज्य महिला सदस्यतर्फ शुभेच्छा अधिकारी(श्रेष्ठ)ले ४७५ मत पाएर विजयी भइन् भने उनको प्रतिद्धन्दी ममता शाक्यले ३०० मत मात्र पाइन् ।

IMG_8402

यस्तै, उद्योग सदस्यतर्फ विष्णु वराल ३३१ मत, पीयुषराज आचार्य ३२२ मत, महेन्द्र प्रधान ३१७ मत र प्रभाव खतिवडा २६८ मत पाएर विजयी भए । एशोसिएटतर्फको ३ जना सदस्यमा राजिव गोयल ६२ मत, गोपाल श्रेष्ठ ५३ मत र अनिल अग्रवाल ४६ मत पाएर विजयी भएका छन् । यसअघि, वस्तुगत सदस्यतर्फ शिवराज श्रेष्ठ र रामस्वरुप शर्मा तथा उद्योग महिला सदस्यतर्फ एलिना मगर निर्विरोध निर्वाचित भइसकेका थिए ।

result