विराटनगर : प्रदेश १ को सरकारले आथिक वर्ष २०७६,७७ देखि प्रदेससभाका सबै सांसद्लाई विकास बजेट दिने भएको छ ।

सांसदहरु विकासे एजेन्ट बनेको भन्दै आलोचना तीब्र भएका बेला संघीय सरकारले सांसदलाई ६, ६ करोड दिने बजेटमार्फत घोषणा गरेको थियो । यसपटकदेखि प्रदेशले पनि सबै सांसदलाई विकास बजेट दिने घोषना गरेको हो । संघीय अभ्यास सुरु भएपछि समानुपातिक सांसदलाई विकास बजेट दिने अभ्यास सातै प्रदेशमा थिएन । मुख्यमन्त्री शेरधन राईले सोमबारको संसद् बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो घोषणा गरेका हुन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित ५६ जना सांसदलाई २, २ करोडका दरले बजेट दिएको थियो ।