ईलाम : ईलाम नगरपालिका ४ मा रहेको जोशी हाईड्रोपावरको जेनेरेटरमा आगलागी हुँदा अन्दाजी ५ करोड बराबरको क्षति भएको छ ।

आज मङ्गलबार दिउँसो सवा ३ बजेको समयमा उक्त हाईड्रोपावरको जेनेरेटरमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा पौने ४ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको तथा आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।