काठमाडौं : पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दावी गर्दै प्रतिवेदन बुझाएका थिए ।

विभागमा उजुरी परेपछि उनीहरुमाथि छानविन गर्दा सगरमाथा आरोहण नगरेको प्रमाण भेटिएको उनले बताइन् ।
झुटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन् ।