धरान : धरान १७ नं. वडाका टोल किास संस्थाको महिलाहरुलाई उद्घोषण तालिम प्रदान गरिएको छ ।

मंगलबार धरान उपमहनगरपालिका १७ नंं वडा कार्यालयले आयोजना गरेको तालिम उदय सामुदायिक वन उपभोक्ता समितिको हलमा संचालन भएको थियो । तालिममा विभिन्न टोल उत्थान समितिका ३० जना महिला सदस्यहरुको सहभागिता रहेको थियो । आफ्नो टोल समाजमा आयोजन गर्ने कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नसक्ने जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको १७ नं. वडाकी महिला सदस्य मिना लावतीले जानकारी दिइन् ।

प्रयोगात्मक तथा सहभागितामुलक तैर तरिका अपनाई सञ्चालन गरिएको तालिममा सहभागिहरुले कार्यक्रम सञ्चालन गर्ने कला तथा सीप सिकेका थिए । अझै पनि महिलाहरुपछि परिरहेको अवस्था भएकाले र उनिहरुलाई सबै क्षेत्रबाट सशक्तिकरण गर्नु पर्ने आवश्यकता भएको १७ नं. वडा कार्यालयका अध्यक्ष सुर्य बहादुर (मनोज) भट्टराईले बताए । उनले महिला विकासको बाधक महिला नै भएको औल्याउँदै सासूले बुहारीलाई, बुहारीले सासुलाई, अनि त्यस्तै नन्द भाउजु, जेठानी देउरानी, एकआपसमा मिलेर अघि बढ्नु पर्ने आवश्यक्ता रहेको देखाए । महिलाहरुलाई आत्मनिर्भर बनाउन हरेक क्षेत्रमा महिला सहभागिता बढाउनु पर्ने उनको जोड थियो ।

कार्यक्रम कसरी छोटो मिठो र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा तालिमको विषयवस्तु केन्द्रित रहेको थियो । कुनै पनि कार्यक्रम उत्कृष्ट बनाउने वा बिगार्ने भन्ने कुरामा ठूलो हात कार्यक्रम सञ्चालनको हुने भएकोले कार्यक्रम सञ्चालक दक्ष र अनुभवी हुनु अवश्यक हुन्छ । तालिमबाट राम्रो कार्यक्रम संचालन गर्ने आफुहरुमा ठूलो हौसला जोस र आट प्राप्त भएको सहभागी लहरी जिमीले बताए ।

तालिमलाई प्रभावकारी बनाउन वडा सदस्यहरुको भूमिका महत्वपूर्ण हुने भन्दै तालिममा वडाका दलित महिला सदस्य फुलमाया परियार र सुवास दर्जी कार्यक्रममा सहभागि भएका थिए । वडा तथा नगर विकासमा प्रभावकारी भुमिका निर्वाह गर्ने टोल उत्थान समितिलाई सशक्तिकरण र सकृय बनाउन सके नगर विकासका हरेक कार्यलाई प्रभावकारी बनाउन सकिन्छ । यही उदेश्यकासाथ उपमहानगरपालिकाको प्रत्येक वडाको टोलटोलमा टोल विकास संस्था गठन गरेको छ ।

d-17