खोटाङ : चट्याङबाट सुरक्षित रहनका लागि खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा चट्याङ प्रतिरोधी उपकरण जडान गरिएको छ ।

गाउँपालिकाको दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरिद गरेर जडान गरिएको हो । गाउँपालिकामा जडान गरिएको चट्याङ प्रतिरोधी उपकरणले ८०० मिटर टाढा खसेको चट्याङलाई आफूतर्फ तानेर जमीनभित्र निस्क्रिय (डिस्पोज) गर्ने गाउँपालिकाका प्रमुख कृष्णकुमार राईले बताए ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिका चट्याङको अति प्रभावित क्षेत्र भएकाले अन्य स्थानमा पनि क्रमशः थप उपकरण जडान गर्ने योजना रहेको जनाइएको छ । यसअघि चट्याङ लागेर बाक्सिला बजारमा सञ्चालन भएको नवौँ संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिता हेरिरहेका एक दर्शकको घटनास्थलमै मृत्यु भएको थियो ।

भौगालिकरूपमा दुर्गम क्षेत्र मानिने पूर्वीपहाडी जिल्ला खोटाङ चट्याङको अतिप्रभावित जिल्लामा पर्छ । चट्याङले जिल्लामा सञ्चालित दुई रेडियो (रुपाकोट सामुदायिक रेडियो र हलेसी सामुदायिक रेडियो) मा बर्से्नि लाखौँको क्षति र्पुयाउने गरेको रेडियो सञ्चालकले बतााए। चट्याङकै कारण उपकरणमा क्षति पुगेपछि अहिले रूपाकोट सामुदायिक रेडियो बन्द रहेको छ ।