कालाबन्जारा : सुनसरीको बराहाक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा दोस्रो बराहाक्षेत्र मेयर कप हुने भएको छ ।

मेयर कप ३२ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलन गरि सर्बजनिक गरेको क्लबका अध्यक्ष मधुसुदन भट्टराईले बताए ।

उक्त प्रतियोगितामा एपीएफ, झापा, पञ्चायन फुटबल क्लब बक्लौरी, बराहा ११ चतरा, गाईघाट फुटबल क्लब उदयपुर, आयोजक एभरेष्ट फुटबल क्लब रातो, एभरेष्ट फुटबल निलो, बेलबारी फुटबल क्लब मोरङ र शान्तीनगर फुटबल क्लब इटहरी गरी ८ वटा टिम सहभागी हुने छन् ।

यस वर्ष धनराशि समेत बडाएर १ लाख २५ हजार र दोस्रो ७५ हजार रहेको छ भने प्रत्येकखेलको म्याच अफ दी म्याच २५ सय र फाइनलमा सर्वोत्कृष्ट खेलाडी, हाइस्कोर खेलाडीहरुलाई बाहेक अरु विद्यामा ५ हजार दिने सचीव निशान लिम्बूले बताए ।

प्रतियोगिता सम्पन्न गर्न कुल लागत १६ लाख लाग्ने जनाइएको छ । उक्त प्रतियोगितामा प्रवेश शुल्क निशुल्क समेत रहेको आयोजकले जनाएको छ ।

FB_IMG_1560252898979