जनकपुर : धनुषाको धनुषाधाममा गएराति विस्फोट भएको छ । प्रहरीका अनुसार अज्ञात समूहले राखेको प्रेसर कुकर बम विस्फोट भएको अनुमान छ । नगरपालिकाको पुराने भवनको पर्खालमा बमले क्षति र्पुयाएको छ । राति विस्फोटलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको प्रदेश दुईका डीआईजी हरि पालले जानकारी दिए ।

उनका अनुसार विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । पर्खालमा सामान्य क्षति पुगेको छ । उनका अनुसार अहिलेसम्म विस्फोटको कसैले पनि जिम्मा लिएका छैनन् । उक्त क्षेत्रमा नेकपा विप्लव समूहको सक्रियता बढी रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । नेकपा विप्लव समूहले केहीसमय अघि काठमाडौंका तीन स्थानमा विस्फोट गराएको थियो ।  बाह्रखरी