धरान: धारिलो हतियार खुकुरी बोकेर होहल्ला गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले धरान १९ बाट पक्राउ गरेको छ ।

रातको समयमा करिब साढे १० बजे धरान १९ का ३८ बर्षीय विशाल राईलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको हो । उनले सडकमा तथा सार्वजनिक स्थानमा हातमा धारीलो हतियार खुकुरी लिई होहल्ला गर्दै हिडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई खुकुरीसहित नियन्त्रणमा लिई अभद्र ब्यवहार मुद्दामा थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।