सुनसरी : जिल्ला स्तरिय ए डिभिजन लीग फूटबल अन्तर्गत बिहीबार इटहरीमा भएको खेलमा दुई जना खेलाडी गम्भीर घाइते भएका छन् ।

सुनसरी जिल्ला फुटबल संघले इटहरी क्षेत्र अन्तर्गतका क्लबहरुको लागि इटहरी रंगशालामा बिहीबारबाट लीग सुरु गरेको थियो । सोही लीग अन्तर्गत भएको बिहिबारको दासोे्र खेलमा ब्वाइज क्लबका खेलाडी डेनी गुरुङ र रेडस्टार क्लबका निश्चल लामा घाइते भएका हुन् । उनीहरु दुवैको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भैरहेको छ ।

जिल्ला फूटबल संघ सुनसरीका कोषध्यक्ष कोबितजंग कार्कीका अनुसार लामाको आँखामाथि गहीरो चोट लागेको छ । यस्तै गुरुङको टाउकोमा चोट लागेको छ । खेलको पहिलो हाफको ९ औं मिनेटमा माथिबाट आएको बल हेड गर्नेक्रममा दवै जना जुधेका थिए । सुनसरीका ४ क्षेत्रमा जिल्लाका १७ वटा क्लबलाई विभाजन गरि ए डिभिजन लिग प्रतियोगिता सञ्चालन भैरहेको छ ।