झापा: कामना सेवा विकास बैंकले झापाको कमल गाउँपालिका वडा नम्बर ५ को पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ ।

शाखा विस्तारसंगै पाडाजुंगीमा बैंकिङ सेवा दिने पहिलो बैंक कामना सेवा विकास बैंक भएको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई, पाडाजुंगी शाखा प्रबन्धक अर्जुन राई, शसस्त्र प्रहरी बल लखनपुरका प्रहरी नायव उपरिक्षक नबिन सिंह राई, कमल गाउँपालिकाका प्रतिनिधि खगेन्द्र तिवारी लगायतको उपश्थितीमा शाखा सुभारम्भ गरिएको हो ।

बैंकले झापाको अन्य ठाउँमा समेत चाडै शाखा विस्तार गर्ने बैंकका सिईओ बस्नेतले बताए । बैंकले जुनसुकै शाखामा रकम जम्मा गर्न र झिक्न सकिने, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको लक्ष्य छ । कामना सेवा विकास बैंकले प्रदेश १ मा ११ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।