इटहरी: आजबाट इटहरीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ ।

इटहरीमै पहिलोपटक रात्रिकालीन क्रिकेट प्रतियोगिता आजबाट हुने भएको हो । एरिना टिभीले आयोजना गरेको उक्त प्रतियोगितामा आजको खेलमा आयोजक एरिना च्यालेन्ज र इनरुवाबीच खेल हुने एरिना टिभीका प्रबन्ध निर्देशक समीर कार्कीले जानकारी दिए । उनका अनुसार खेलमा नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव, एरिना च्यालेन्ज, ईनरुवा, विराटनगर र वेलबारीको टिम सहभागिता रहेको छ ।

खेलको बिजेता टिमले नगद १ लाख र ५० हजार सहित ट्रफि हात पार्नेछन् । आजको उद्धघाटन खेल राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार बिष्टको प्रमुख आतिथ्यतामा हुने बताईएको छ । खेल इटहरीको डीभीएम स्कुलमा हुनेछ ।