धरान: करिब ७ महिनाअघि धरान ७ स्थित शान्तिपथमा भएको ज्यान मार्ने उद्योगको घटनामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान ५ देउरालीका २३ बर्षीय सुजन भुजेल र बराहक्षेत्र नगरपालिका १ कोलेनीकी १९ बर्षीय दीपा राई रहेकी छिन् । उनीहरुमाथि २०७५ मंसिर २८ गते धरान १७ का १९ बर्षीय विशाल राईलाई आक्रमण गरेको आरोप छ । उनीहरु घटना भएको दिनदेखि नै फरार थिए । दुवैलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।