बराहक्षेत्र: बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा दोस्रो बराहक्षेत्र मेयर कप आजदेखि शुरु हुदैछ ।

आज उदघाटन खेल बराहक्षेत्र ११ चतरा र बेलबारी फुटबल क्लब मोरङ बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाट्न गर्ने आयोजक एभरेष्ट फुटबल क्लबका सचिव निशान लिम्बूले बताए । प्रतियोगिता ३२ गते शनिबार देखि ७ गतेसम्म संचालन हुने क्लबका अध्यक्ष मधुसुदन भट्टराईले बताए । प्रतियोगितामा एपीएफ। झापा, पञ्चायन फुटबल क्लब बक्लौरी, बराह ११ चतरा, गाईघाट फुटबल क्लब उदयपुर, आयोजक एभरेष्ट फुटबल क्लब रातो, एभरेष्ट फुटबल निलो ,बेलबारी फुटबल क्लब मोरङ र शान्तीनगर फुटबल क्लब इटहरी गरी ८ वटा टिम सहभागी हुनेछ ।

यसबर्ष प्रथम टिमलाई १ लाख २५ हजार र दोस्रो टिमलाई ७५ हजार नगद पुरस्कार रहेको छ। प्रत्येक खेलको म्याच फद म्याच २५ सय र प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई ५ हजार दिइनेछ भने सर्वोत्कृष्ट खेलाडी र हाई स्कोरर खेलाडीको पुरस्कार भने निर्णय भइ नसकेको सचिव लिम्बूले बताए । प्रतियोगिता सम्पन्न गर्न कुल लागत १६ लाख लाग्ने जनाइएको छ । उक्त प्रतियोगिता हेर्न शुल्क लाग्ने छैन । उक्त प्रतियोगितामा ६ गते बराहक्षेत्र कर्मचारी ११ र पत्रकार ११ बीच मैत्रीपुर्ण खेल हुनेछ ।