झापा : आफ्नो देशमा काम पाईन भन्दै खाडी र मलेसिया जानेलाई मात्र हैन यूरोप, अमेरिका र अष्ट्रेलिया जानेलाई समेत चुनौती दिएकी छिन् झापाको शिवसताक्षी नगरपालिकाकी देवी दाहालले । उनले ६ महिनाको अवधिमा करिव ६ लाखको ६ गुणा बढि कमाई गरेर नेपालमै पनि सम्भव छ भन्ने गतिलो उदाहरण बनेकी छिन् ।
उनले यो बर्ष मह बेचेर ३५ लाख रुपयाँ कमाईन । २ सय ५० घार मौरीबाट ७ महिनामा उक्त आम्दानी गर्न सफल भएकी हुन् । उनले ६ सय किलो मह उत्पादन गरेकी छन् । बजारमा एक किलोमा महको मूल्य सात सय रुपयाँसम्म रहेको जनाइएको छ ।
दाहाल मात्र कहाँ होर यहाँ मह बेचेरै मालामाल हुने महिलाहरु अरुपनि छन् । आफ्नो उत्पादनको अधारमा उनीहरुको कमाई फरक छ । तर जति नै फरक भएपनि बिदेशको आलिशान ठाउमा बसेर कमाएको भन्दा गज्ववको छ ।
सोही स्थानकी ६१ बर्षिय सन्तकुमारी मुखियाले १७ लाख रुपयाँ कमाइन् । मुखियाको जति कमाउन महिलाको सख्या झण्डै ५० जनाभन्दा बढी रहेको छ । १ सय ५० घार मौरी पाल्नु भएकी मुखिया उमेरले डाँडो काटेपनि मौरीसँग खेल्ने जागर भने १६ बर्षको जस्तै छ ।
यहाँका महिलाले मौरी पालन ब्यवसायबाट पाएको सफलता सबैका लागि प्रेरणा र उत्प्रेरक भएको छ । यो क्षेत्रमा मौरी पालन व्यवसायक गर्ने महिला किसानले माह बेचेर नै लाखौं रुपयाँ कमाएर सबै आश्चार्यमा पारेका छन् ।
महिलामात्र आवद्ध भएको नगरपालिकामा महिलाले सञ्चालन गरेको सतासी महिला मौरी पालन समुहमा अवद्ध किसानले यस बर्ष झण्डै चार गुणा बढी मह उत्पादन गर्न सफल भएका छन् । मौरी पालनमा आवद्ध १ सय ८४ जना महिलाले यो सिजनमा मात्र ६० टन मह उत्पादन गरेका हुन् । कुल २ हजार ५ सय घार मौरीबाट उत्त मह उत्पादन भएको हो । गत बर्ष १६ टन सम्म मह उत्पदान हुदै आएकोमा यस बर्ष झण्डै चार गुणभन्दा बढी उत्पादन भएको श्रीसतासी महिला मौरी पालन सहकारी सस्थाकी ब्यवस्थापक समेत रहेकी देवी दाहालले जानकारी दिइन् ।
१६ बर्ष अघि अर्थात २०६२ सालमा दुई जना महिला किसानले ४ वटा घारबाट मौरी पालन सुरु गरेको यो व्यवसाय अहिले पुरै गाउमा फैलिएको छ ।
मौषमको अनुकुलता, महिलाहरुको सकृयता र चरन क्षेत्रमा केही सहज भएका कारण उत्पदान बढेको हो । बिगत बर्षमा कातिक पहिनामा नै चरनका लागि पश्चिमको दाङ जिल्लासम्म पु¥याउने गरेका थियौं । तर यो बर्ष भने एक महिना ढिलो गरि मंसिरमा चितवनसम्म मात्र चरनका लागि लगियो । यसले गर्दा लक्ष्य अनुसार यो बर्ष अझै उत्पादन गर्न सकिएन दाहालको भनाइछ ।
संस्थाकी सल्लाहाकार संयोजक समेत रहेकी सन्तकुमारी मुखिया र देवी दाहालले सुरु गर्नु भएको मौरी पालन ब्यवसाय अहिले सबैका लागि लोभलाग्दो आम्दानीको स्रोत बन्न पु्गेको छ । यहा मात्र अहिले मौरी पालन गर्ने किसानको सख्या १ सय ८४ जना पुगेको छ ।
घरै पिच्छे मौरीका घार छन् । हाम्रो सहकारीमा आवद्ध महिलालाई अर्को व्यवसाय गर्ने छुट छैन । एक जनाले एउटै व्यवसाय ग¥यो भने सफल हुने हाम्रो अनुभवको आधारमा महिलालाई मौरी पालन ब्यवसायमा नै लागि रहनका लागि यस्तो बाध्यकारी नियम बनाइएको हो ।

मौरी ब्लक कार्यक्रम सञ्चालन

महिलाले मौरी पालन ब्यवसायबाट पाएको सफलता देखेपछि नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत मौरी ब्लक कार्यmत्रम समेत सञ्चालन गरेको छ । झापा जिल्ला अन्र्तगत कृषि ज्ञान केन्द्रले यो बर्ष ब्लक क्षेत्रका लागि भनेर महिलालाई २५ लाख रुपयाँ अनुदान समेत हस्तान्तरण गरेको छ । केन्द्रका प्रमुख शालिकराम भट्टराईले १६ लाख ७० हजार रुपयाँ पुँजीगत खर्च र चालु खर्च ८ लाख ३० हजार बराबरको अनुदान हस्तान्तरण गरेको बताए । महिलाले सफलता पूर्वक खेती गरेकाले उत्साहित गर्न अनुदान रकम हस्तान्तरण गरिएको उनको भनाइछ । अनुदानबाट मौरीको चरन क्षेत्र सकिएकाले अब बर्षयाममा चारो दिनका लागि ५ हजार किलो चिनी र फापर, मौरीका कृतिम चाका, महकाट्ने मदानी, र घार निर्माण गरेर बितरण गरिएको छ ।