नयाँ दिल्ली : भारतको विहारमा गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ ।

गर्मीको कारण औरंगावाद, गया र नवादा जिल्लाका मानिसहरुको मृत्यु भएको हो । जसअनुसार औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा लूका कारण मृत्यु भएको हो ।

विहार सरकारले यो तथ्यांकलाई पुष्टि नगरेपनि जिल्ला अस्पतालहरुले भने यो कुराको पुष्टि गरेका छन् । राज्यका प्रधानसचिवले सबै मृत्युको घटनाको जाँच गरिएपछि मात्रै सरकारले तथ्यांक सार्वजनिक गर्ने बताए ।

राज्य सरकराले सबै मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमै ज्वरोको कारण बालबालिकाको मृत्यु हुने क्रम अझै रोकिएको छैन । विभिन्न मिडिया रिपोर्टका अनुसार शनिबार करिब २० थप बच्चाको मृत्यु भएको बीबीसीले जनाएको छ ।