बराहक्षेत्र: गत सँस्करणको उप बिजेता बराहक्षेत्र फुटबल क्लब ११ चतरा सुनसरीको बराहक्षेत्र–३ नडहामा सुरु भएको दोस्रो बराहक्षेत्र मेयर कप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरको छ ।

शनिवार भएको उदघाट्न खेलमा बराहक्षेत्र ११ ले बेलबारी फुटबल क्लब मोरङलाई १-० गोल अन्तरले हराउदै बराहक्षेत्र ११ सेमीफाइनल पुगेको हो । एभरेष्ट फुटबल क्लबको खेल मैदानमा भएको प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि अन्तिम मिनेटसम्म गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट हुने अनुमान विपरीत निर्णायक गोल भएको थियो । खेल सकिन केही सेकेण्ड मात्र बाँकी हुदा बराहक्षेत्र ११ का जर्सी नम्बर १० का समीर लिम्बूले निर्णायक गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित हुदै नगद २ हजार ५ सयसहित ट्रफि हात पारे ।

baraha 1

खेलमा बेलबारी फुटबल क्लब जर्सी नम्बर १८ राज कुमार राईले गोल गर्ने मौका गुमाएका थिए । यस्तै, बराहक्षेत्र ११ का खेलाडी जर्सी नम्बर १० समीर लिम्बूले दिएको पास लाई जर्सी नम्बर ११ आकाश राईले पनि सदुपयोग गर्न चुकेका थिए । खेलमा बराहक्षेत्र ११ चतरा गोलरक्षक बिनय श्रेष्ठ बेलबारीको लागि बाधक बनेका थिए । उनले बेलबारीको थुप्रै प्रहारहरु रोकेका थिए । एभरेष्ट फुटबल क्लबका अध्यक्ष मधुसुधन भट्टराईको सभापति रहेको प्रतियोगिताको उद्घाटन बराहक्षेत्र नगर प्रमुख निलम खनालले गरेका थिए । आज(आइतबार)को खेल एपिएफ झापा र शान्तिनगर फुटबल क्लब इटहरी बीच हुनेछ । प्रतियोगिताका बिजेताले १ लाख २५ हजार र उपविजेताले ७५ हजार साथै ट्रफी तथा मेड्ल प्रमाणपत्र प्राप्त गर्नेछ ।