धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्षको लागि खेलकुद क्षेत्रमा ४७ करोड ५५ लाख बजेट विनियोजन गरेकोछ ।

प्रदेश सरकारले संघीय सरकारको सहलगानीमा प्रदेशस्तरीय सुविधा सम्पन्न रंगशाला निर्माण शुरु गर्ने जनाएको छ । संघीय सरकार तथा स्थानीयतहको सहलगानीमा जिल्लास्तरीय रंगशाला स्तरोन्नती गर्ने, एक स्थानीयतह एक खेल मैदानको स्तरोन्नती गर्न ३६ करोड ६० लाख विनियोजन गरिएको छ । यस्तै, प्रदेश सरकारले धरान उपमहानगरपालिकालाई खेलकुद ग्रामकोरुपमा विकास गर्न ५ करोड बजेट विनियोजन गरेको छ । साहसिक र पर्यटकीय खेललाई प्रोत्साहन गर्ने, खेलकुद एकेडमीहरु निर्माण गर्ने तथा आपांगता भएका व्यक्ति लक्षित खेकलुदका कार्यक्रमहरु सञ्चालन गर्ने सरकारले बजेट मार्फत जनाएको छ ।

शहीद मैदान विराटनगरमा फलडलाइट जडान गरी रात्रीकालिन खेल सञ्चालन योग्य बनाउन ५ करोड बजेट छुट्याइएको छ भने इटहरी रंगशालालाई प्रादेशिक बनाउन र बैजनाथपुर रंगशालालाई अन्र्तराष्ट्रियस्तरको रंगशालाकोरुपमा विकास गर्न एक/एक करोड विनियोजन गरिएको छ । यस्तै, एन्फासँग सहकार्यमा मुख्यमन्त्री कप अन्र्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता र लिग खेल सञ्चालन गर्न एक एक करोड विनियोजन गरिएको छ ।