बराहक्षेत्र: एपिएफ पुर्वाञ्चलको टोली सुनसरीको बराहक्षेत्र –३ नडाहामा जारी दोस्रो बराहक्षेत्र मेयर कप फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेश गरको छ ।

आइतबार भएको दोस्रो खेलमा शान्तिनगर फुटबल क्लब इटहरीलाई ३-१ गोलअन्तरले हराउदै एपिएफ सेमीफाइनल प्रवेश गरेको हो । एभरेष्ट फुटबल क्लबको खेल मैदानमा भएको अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा एपिएफका उज्ज्वल चाम्लिङले फ्रिकिकबाट गोल गरेका थिए । तर, शान्तिनगरका भुवन बस्नेतले गोल गर्दै खेल पहिलो हाफमा १-१ को बराबरी बनाएका थिए ।

दोस्रो हाफमा एपिएफका जोन मगरले दोस्रो गोल गरे भने योगेश बुर्जा मगरले खेल सकिन लाग्दा तेस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच एपिएफका अरुण लिम्बु घोषित भए । उनले नगद २५सयसहित ट्रफि हात पारे । सोमबार सोमबार पन्चायन फुटबल क्लब रामधुनी र आयोजक एभरेष्ट बि टिमबीच खेल हुनेछ ।