भुटाहा : सुनसरीको हरिनगर गाउँपालिका ४ नम्बर वडा हरिनगरामा गाउँपालिकाको सहयोग तथा नवोदित जागरण समाज संस्थाको आयोजनामा हरिनगरा वडा नम्बर ४ नुनिया टोल स्थित रहेको श्री राम लक्ष्मण आधारभुत विद्यालयमा स्कुल पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

आइतबार विद्यालयको प्राङगणमा आयोजित एक समारोहमा हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम भगत, गाउँपालिका शिक्षा प्रमुख अजित मलिक, ४ नम्बर वडाअध्यक्ष सुदिलाल मेहता र नवोदित जागरण समाज संस्थाका अध्यक्ष ईफान अन्सारी लगायतले विद्यालयमा अध्ययनरत ५२ जना छात्रछात्रालाई संयुक्त रुपमा स्कुल पोसाक कपडा तथा शैक्षिक सामाग्री कपी कलम वितरण गरेको हो ।

कार्यक्रममा विद्यालयको मागअनुसार शिशुकक्षादेखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई स्कुल पोसाक कपडा तथा कपि कलम ५२ जना विद्यार्थीलाई वितरण गरिएको नवोदित जागरण समाज संस्थाका अध्यक्ष ईफान अन्सारीले जानकारी दिए ।

विद्यालयका प्रअ बालकृष्ण देवले विद्यालयको गतिविधि बारे प्रकाश पार्दै विपन्न दलित गरीवीको समस्याले पढ्न आउनुपर्ने बाध्यतामा रहेका विद्यार्थीलाई स्कुल पोसाक कपडा र शैक्षिक सामग्री वितरणले पढाईलाई निरन्तरता दिनमा थप हौसला प्रदान भएको बताउँदै सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरे । विद्यालयमा अध्ययनरत विपन्न दलित गरिव तथा जेहेन्दार छात्राछात्रलाई स्कुल पोसाक कपडा र कपी कलम वितरण गरेर समग्र समाज प्रति अतुलनीय कार्य गरेको बताउँदै निरन्तरताको लागि आग्रह गरेका थिए ।

नवोदित जागरण समाजका अध्यक्ष ईफान अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम भगत, गाउँपालिका शिक्षा प्रमुख अजित मलिक, वडा नम्बर ४ का वडाअध्यक्ष सुदिलाल मेहता लगायतले शिक्षाको महत्व बारेमा आ–आफ्नो भनाई राखेका थिए ।