काठमाडौं : नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । समायोजित मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०८ तथा डिजेल र मट्टीतेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।