धरान: एक साताभित्र डेंगु रोग नियन्त्रणमा ल्याउन धरानमा सडक किनारमा राखिएको खुला टायर जफत गर्न थालिएको छ ।

धरान उपमहानगरपालिकाकोे नेतृत्वमा जनपद, सशस्त्र र नगर प्रहरीसहितको टोलीले यो अभियान थालेको हो । प्रदेश सरकारले एक साताभित्र डेंगु नियन्त्रणमा ल्याउन कार्ययोजनासहित अभियान थाल्न निर्देशन दिएपछि धरान उपमहानगरले यो अभियान थालेको हो । डेंगु संकटग्रस्त वडा नं १५ र ८ मा पनि बिशेष गरी टोलस्तरमा टोली गठन गरेर डेंगु नियन्त्रणको अभियान शुरु भइसकेको छ । हिजो आइतबारदेखि उपमहानगरले सडक आसपासमा खुलेको ग्यारेजबाट टायर जफत गर्न थालेको हो । धरान १३ जिरोपोइन्टबाट यो अभियान शुरु भएको थियो । आज लक्ष्मी चोकदेखि टार जफत र खुला पानी पोखाउने अभियान शुरु भइसकेको छ । ‘बिशेष गरी ग्याँरेजमा खुलारुपमा राखिएको टायर जफत गर्दैछौं, घरहरुमा पनि खुलारुपमा पानी राखिएको छ भने पोखाउदैछौं,’उपमहानगरको स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले भने ।

IMG_20190616_091415

उपमहानगरकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, इलाका प्रहरी कार्यालयका डिएसपी, सशस्त्र प्रहरीका प्रहरी निरीक्षकसमेतको सहभागितामा यो अभियान थालिएको छ । धरानमा सडक आसपासमा खुलेका ग्याँरेजहरुमा अधिकांश खुलारुपमा टायर राखिएको छ । ती टायरमा बर्षातको पानी जम्मा भएर लामखुट्टेको बासस्थान हुने र लार्भा विकसित हुने गरेको छ । त्यसैले विज्ञहरुले पनि ग्याँरेजको टायर हटाउनुपर्ने सुझाव दिएपछि टोलीले यो अभियान थालेको हो । त्यसरी जफत गरिएको टायरहरुलाई फोहोर फालिने ठाउँ(सेउती किनार)मा लगेर फालिने र टायरलाई काटेर पानी जम्न नदिइने स्वास्थ्य संयोजक यादवले बताए ।

IMG_8586 IMG_20190616_091210 IMG_8591