बराहक्षेत्र: आयोजक एभरेष्ट क्लब बि सुनसरीको बराहक्षेत्र ३ नडाहामा जारी दोस्रो बराहक्षेत्र मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरको छ ।

सोमबार भएको खेलमा पन्चायन फुटबल क्लब रामधुनीलाई टाइब्रेकरमा ४-३ गोलअनतरले हराउदै आयोजक सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकमा आयोजकबाट साजन राई, विशाल मगराती, एलन राई र युवराज श्रेष्ठले गोल गरे । पन्चायनका अन्जन लिम्बु, अशोक खवास र विष्णु सुनुवरले मात्र गोल गर्न सके ।

निर्धारित समयको खेलमा भने आयोजकले पहिलो गोल पेनाल्टी प्रहारमा गरेको थियो । पन्चायनका अशोक खवासले एभरेष्टका एलन राईलाई डि एरिया भित्र लडाएपछि आयोजकले पेनाल्टी पाएको थियो । पेनाल्टीमा एलनले आयोजकको लागि पहिलो गोल गरेका थिए । पहिलो हाफमा आयोजक १-० ले अग्रता लिएको थियो ।

दोस्रो हाफको ५ मिनेटमा पन्चायनका अनिश राजधामीले बराबरी गोल गरेका थिए । अतिरिक्त समयमा पनि १-१ बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलमा आयोजक एभरेष्ट बि का गोलरक्षक दिवस चौधरी म्यान अफ द म्याच घोषित हुदै नगद २५ सयसहित ट्रफि हात पारे । मंगलबार गाइघाट फुटबल क्लब उदयपुर र आयोजक एभरेष्ट ए बीच खेल हुनेछ ।