काठमाडौं : खोटाङको लामिडाँडा विमानस्थल दुई वर्षपछि पुनः संचालनमा आउने भएको छ ।

मंगलबार समिट एयरको जहाजबाट परीक्षण उडान गर्न लागिएको विमानस्थल आयोजना प्रमुखले जानकारी दिएका छन् ।

विमानस्थल छ करोड रुपैयाँको लागतमा पुर्न्निर्माण भएको हो । यस अघि नेपाल वायुसेवा निगमले काठमाडौं–खोटाङ साताको दुईवटा उडान गर्दै आएको थियो ।