इटहरी: अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले घुससहति दुईजनालाई पक्राउ गरेको छ ।

भोजपुरको हतुवागढी गाउँपालिकाका इन्जिनिएर मिक्छुहागं किराँतलाई नगद ५० हजार सहित रगेंहात पक्राउ गरिएको छ भने सोही कार्यालयमा कार्यरत सब ओभरसियर नगेन्द्र पारुहागं राईलाई नगद २० हजार नगद सहित पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीले जानकारी दिएको छ ।

सडक निर्माण गर्ने क्रममा कमिशन मागेपछि गोप्य सूचनाका आधारमा उनीहरुलाई घुससहति रगेंहात पक्राउ गरिएको अख्तियार कार्यालयले जनाएको छ । इञ्जिनियर र सबओभरसियर पक्राउ परेको अख्तियार कार्यालय इटहरीका प्रमुख महेश आचार्यले पुष्टि गरे । उनले संक्षिप्त प्रतिक्रिया दिदै भने,'घुस लिएको रकमसहित २ जना पक्राउ परेका छन् ।'