बराहक्षेत्र: सुनसरीको बराहक्षेत्र ३, नडाहामा जारी दोस्रो बराहक्षेत्र मेयरकप फुटबल प्रतियोगितामा आयोजक एभरेष्ट फुटबल क्लब (ए) सेमीफाइनल प्रवेश गरेको छ ।

गाईघाट फुटबल क्लब उदयपुरलाई ३-० गोलअन्तरले हराउदै एभेरेष्ट सेमीफाइनल प्रवेश गरेको हो । एभरेष्ट क्लबको खेल मैदानमा शुरु भएको प्रतियोगितामा पहिलो हाफको ३ मिनेटमा खमिर गिल्सनले टिमको लागि खाता खोलेको थियो । दोस्रो गोल पनि पहिलो हाफको ६ मिनेटमै खमिरले नै गरेका थिए । तेस्रो गोल पहिलो हाफको अन्तिम समयमा हेमन्त थापा मगरले गरेका थिए ।

पहिलो हापmमा ३-० भएको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन । प्रतिस्पर्धात्मक खेलमा गाईघाटले थुप्रै गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न भने सकेन । खेलको म्यान अफ दि म्याच हेमन्त थापा मगर घोषित भए । उनले नगद २५ सयसहित ट्रफि हात पारे । बुधबार पहिलो सेमिफाइनल खेल एभरेष्ट फुटबल क्लब (बि) र बराहक्षेत्र ११, चतरा बीच हुनेछ ।