धरान : विद्यार्थीहरूको सर्वाङगण विकासका लागी वार्षिक रूपमा टप युनिर्भसल एकेडमीले गर्दै आएको अतिरिक्त कृयाकलाप अनतर्गत मंगलबार महिला तथा पुरूषको बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

बृज कोर्ष अध्ययनरत विधार्थीहरूबिच गराइएको प्रतियोगितामा महिलाको खेलमा “टप युनिभर्सल सेक्सन ख” र पुरूष खेलमा “व्यवस्थापन संकायका” समुह विजयी बने । धरान ९ स्थित समिट स्कुलको बास्केटबल कोर्टमा सम्पन्न महिला बास्केटबल प्रतियोगिताको खेलमा “टप युनिभर्सल सेक्सन ख” समुहले “क” समुहलाई १२–६ अंकको अन्तरले पराजित गरे । यस्तै पुरूषको खेलमा व्यवस्थापन समुहले विज्ञान समुहलाई २३–८ को फराकिलो अंकले पराजित गरे ।

12 1

प्रतियोगिताको एम्पायरमा नविन राई र सुजन राईले संचालन गरेका थिए । अफिसियलमा सर्वधन राई र अर्चन राई रहेका थिए । विजेताहरूलाई विदाई कार्यक्रमका बेला पुरस्कार वितरण गरीने एकेडमीका अध्यक्ष प्रकाश लकान्द्रीले बताए । औपचारीक रूपमा सुरू भएको खेलमा समिट स्कुलका प्रिन्सीपल रमेश दाहालले सबै विद्यार्थीहरूलाई प्रकाशित हुन लागेको एसइइको परीक्षाफलको लागी शुभकामना व्यक्त गरेका थिए ।