काठमाडौं : कांग्रेस अनुशासन समितिले स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, उनीहरुका समर्थक र प्रस्तावक गरी १८३ जनालाई पार्टीबाट हटाएको घोषणा गरेको छ ।

अनुशासन समितिले २५ जिल्लाका १८३ नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको अभिलेखमा नाम नरहने गरी पार्टीबाटै हटाएको जानकारी अनुशासन समितिका सदस्य देवेन्द्रराज कँडेलले दिए ।

तीनवटै निर्वाचन सकिएको झण्डै डेढ वर्ष बितेपछि अनुशासन समितिले बल्ल २५ जिल्लाका १८३ नेता कार्यकर्तालाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाटै निष्काशन गरेको हो ।

७७ मध्ये अझै ५२ जिल्लाबाट बागीको विवरण अनुशासन समितिमा आएको छैन । –नयाँ पत्रिका दैनिकबाट