काठमाडौं : सरकारले जीटुजी प्रक्रियाबाट मल खरिद गर्ने निर्णय गरे पनि तत्काल आउने सम्भावना न्यून देखिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतका अनुसार भारतको स्वामित्वमा रहेका एमएमटीसी र एसटीसी कम्पनीले असारभित्र मल दिन नसक्ने पत्र पठाएका छन् । मल अभाव भएपनि साताअघि सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गर्ने निर्णय गरेको थियो ।

गत बिहीबार सरकारी निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पनि जीटुजीबाट खरिद गर्ने निर्णय भएको जानकारी गराएका थिए । सरकारले निर्णय सार्वजनिक गर्नु अगावै ती दुई कम्पनीले तत्काल मल उपलब्ध गराउन नसक्ने मन्त्रालयलाई जानकारी गराएका थिए ।