धरान :सरकारले ल्याएको गुठी विधेयक खारेज गर्न माग गर्दै बुधबार धरानमा पनि वृहत र्याली तथा प्रर्दशन भएको छ ।

प्राचिन परम्परा, धर्म तथा सँस्कृति मास्ने नियतले सरकारले विधेयक ल्याएको भन्दै धरानका नेवार समुदायले पनि विरोध जनाएको हो । चौतर्फी विरोध पश्चात सरकारले हिजो मंगलबार विधेकय फिर्ता लिएको जनाएको थियो । सरकारले विधेयक फिर्ता लिएको बताएपनि आज राजधानी र धरानमा पनि खबरदारी गर्दै प्रर्दशन भएको हो । धरानमा नेवा देय दबुले आयोजना गरेको प्रर्दशनमा विभिन्न धार्मिक समुदाय, आदिबासी जनजाति महासंघलगायतको पनि सहभागिता रहेको थियो ।

पब्लिक उच्चमाविको मैदानमा भेला भएर शुरु भएको र्याली भानुचोकको लोकतान्त्रिक चौतारीमा पुगेर कोणसभामा टुंगिएको थियो । कोणसभालाई विभिन्न संस्थाका प्रतिनिधिरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै दबुका जिल्ला अध्यक्ष तीर्थ मास्केले नेपाली सँस्कृति, परम्परामाथिको अतिक्रमण सह्य नहुने बताए । विधेयक पुर्णरुपमा खारेज नभएसम्म आन्दोलन नरोकिने उनको बताए ।

IMG_8658

यस्तै, विश्व हिन्दु महासंघका अध्यक्ष आनन्द आचार्यले होली वाइन पिएर मतिभ्रष्ट भएको सरकार फिरंगीहरुको इशारामा नेपाली मौलिक धर्म, सँस्कृति, परम्परा मास्न उद्दत भएको आरोप लगाए । बालुवाटारको जग्गामा नक्कली मोही बनाएर खाए जस्तै गुठीमार्फत जोगिएको धर्म, परम्परा, सँस्कृति र पाठीपौवालाई पनि मासेर गुठीको जग्गा खान सरकारले विधेकय ल्याएको उनको भनाई थियो ।

आयोजक संस्था दबुका सल्लाहकार राजुमान श्रेष्ठले गुठी जग्गा मात्र नभएर नेवार सँस्कृति, परम्परा भएकोले कसैले खेलवाड गरे आफै नासिने चेतावनी दिए । उनले विधेकय खारेज नभएसम्म आफुहरु चुप लागेर नबस्ने बताए । यसैगरी, आदिबासी जनजाति महासंघका नगर अध्यक्ष सुवास हुक्पा चोङवाङले सरोकारवाला, जातिय संघसंस्थालगायतसँग आवश्यक सल्लाह र सहमतिमा मात्र ल्याउन आग्रह गरे ।

IMG_8660 IMG_8659 IMG_8661