बराहक्षेत्र:आयोजक एभरेस्ट फुटबल क्लब (बि ) दोस्रो बराहक्षेत्र मेयरकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।

एभरेष्ट खेल मैदानमा बुधबार भएको सेमीफाइनल खेलमा आयोजक बिले बराहक्षेत्र ११,चतरालाई २ ० गोलअन्तरले हराउदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा आयोजकले २ गोल गर्यो । दोस्रो हाफमा एलन राईले आयोजकको लागि खाता खोलेका थिए भने दोस्रो गोल साजन राईले गरेका थिए ।

प्रतिष्पर्धात्मक खेलमा बराहक्षेत्र ११ का बर्तमन राई र आकाश राईले पटक पटक गोल गर्ने मौका पाए पनि गोल गर्न भने सकेनन् । खेलको म्यान अफ दि म्याच एभरेष्ट (बि)का प्रकाश भुजेल म्यान अफ द म्याच घोषित भए । उनले २५ सयसहित ट्रफि हात पारे । बिहिबार दोस्रो तथा अन्तिम सेमिफाइनल खेल एभरेष्ट फुटबल क्लब (ए) र एपीएफ पुर्वाञ्चलबीच हुनेछ ।