धनुषा : जनकपुरधाम उपमहानगरपालिका-२ कदम चोकस्थित होटलमा ग्याँस सिलिण्डर विस्फोट भएको छ ।

विस्फोटबाट तीन होटल जलेर खरानी बनेका छन् । आगलागीबाट गोबिन्द मिष्ठान भण्डार, ठाकुर मिष्ठान भण्डार र एक भोजनालय जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहीबार बिहान ३ बजेबाट श्रृंखलावद्ध रुपमा ९ वटा ग्यास सिलिण्डर विस्फोट भएको अनुमान गरिएको छ । तर बिहान कसरी ग्यास सिलिण्डर विस्फोट भएको विषयमा केहि खुल्न नसकेको प्रहरीको भनाइ छ । विस्फोटबाट मानविय क्षति भने भएको छैन । ग्यास विस्फोट हुँदा ठूलो आवाज सुनिएको स्थानीयले बताएका छन् । आगलागीको क्षतिको विवरण आउन बाँकी छ ।