चीनका राष्ट्रपति सि जिङपिङ आज उत्तर कोरियाको भ्रमणमा जानु हुने भएको छ ।

दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाले पछिल्लो समय झेल्दै आएको विविध समस्या, परमाणु कार्यक्रम र आर्थिक विषयमा छलफल हुने बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङको ४ पटक भ्रमण गरिसकेपनि चीनका राष्ट्रप्रमुखले भने सन् २००५ यता उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । सन् २००५ मा किमका पिता किम जोङ इलको निमन्त्रणामा चीनका राष्ट्रपति हु जिनताओले उत्तर कोरियाको भ्रमण गर्नुृभएको थियो ।

जापानमा जी २० राष्ट्रको बैठकको एक साता अघि हुन लागेको राष्ट्रपति सी को यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जापानमा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत भेट्ने आंकलन गरिएको छ ।