सुनसरी : इटहरीमा संचालन भैरहेको रात्रीकालिन क्रिकेट प्रतियोगितामा अन्तर्गत बुधबार राती सम्पन्न खेलमा नेपाल पुलिस क्लबले शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाइ ११ रनले पराजित गरेको छ ।

इटहरी स्थित क्रिकेट रंगशालाको पिचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर रन १४५ रनको योगफल खडा गरेको थियो । पुलिसका लागी अनिल साहले ३३ रन बनाए । दिलिप नाथले २८ बलमा २९ रन बनाउदा सुनिल धमलाले १७ बलमा २० रन बनाए । बलिङ तर्फ एपिएफका यग्यमान कुमालले २ विकेट लिदा सागर भण्डारी र दिपेन्द रावलले १–१ विकेट लिए ।

जवाफमा १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी व्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र बनाएपछि नेपाल पुलिस ११ रनले विजयी भएको हो । एपीएफका लागी अरुन ऐरीले सर्वाधिक ३८ रन बनाए । प्रजल शाहीले २३ रन बनाउदा सागर भण्डारीले १७ रनको योगदान दिए । बलिङ तर्फ नेपाल पुलिस क्लबका नविन थापाले २ विकेट, योगेन्द्र कार्कीले १ विकेट लिए । खेलको म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका योगेन्द्र कार्की भए ।

प्रतियोगितामा बिहिबार आयोजक एरिना च्यालेन्जर्स इटहरी र गयरातीको खेलको बिजेता नेपाल पुलिस क्लब विचको खेल हुनेछ । असार ८ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार पुरस्कार पाउनेछ । प्रतियोगितामा नेपालका तीन बिभागिय बिभागिय टिम सहित ८ टोलीको सहभागिता रहेको छ ।