धरान:सर्लाहीको लालबन्दीमा नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका एक नेता मारिएका छन् ।

प्रहरीसँगको भिडन्तमा विप्लवका नेता कुमार पौडेल मारिएको बताइएको छ । उनी जिल्ला इञ्चार्ज भएको खुलेको छ । घटनास्थलबाट अन्य ३ जना विप्लवका कार्यकर्ताहरु भने भाग्न सफल भएका छन् । मृतक पौडेलको साथबाट पेस्तोल र गोली वरामद भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले पक्राउ पर्ने क्रममा गोली चलाउने प्रयास गरेपछि जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको पुष्टि गरे ।