बराहक्षेत्र: आयोजक एभरेस्ट फुटबल क्लब (ए) नडाहा दोस्रो बराहक्षेत्र मेयरकपको फाइनल प्रवेश गरेको छ ।

बराहक्षेत्र ३, नडाहास्थित खेल मैदानमा बिहिबार भएको दोस्रो सेमीफाइनल खेलमा एपिएफ पुर्वाञ्चललाई २-० गोलअन्तरले हराउदै एभेरेष्ट ए टिम फाइनल प्रवेश गरेको हो । उपाधिको लागि फाइनमा आयोजक ए र बि टिमबीच भिडन्त हुने भएको छ । हिजो(बुधबार)को खेलमा जित हासिल गर्दै आयोजक बि टिम पनि फाइनल पुगिसकेको छ ।

बिहिबारको खेलमा पहिलो हापmमा नै आयोजक टिमले अग्रता लिएको थियो । अखमिर गिल्सन कन्दान्वाले सुन्दर गोल गर्दै आयोजक ए टिमलाई अग्रता दिलएका थिए । दोस्रो हाफमा पनि निशान लिम्बूले गोल गर्दै आयोजक ए टिमलाई २-० को जित दिलाए । प्रतिष्पर्धात्मक रहेको खेलमा एपिएफका खेलाडीले थुप्रै प्रहार गरेपनि गोल गर्न भने सकेनन् । खेलमा आयोजकका रोशन भुजेल म्यान अफ द म्याच समेत घोषित भए । उनले नगद २५ सयसहित ट्रफि हात पारे ।

बराहक्षेत्रमा आयोजना भएको एक लाख बढी पुरस्कारको प्रतियोगितामा आयोजक टिम दुवै फाइनल पुगेको यो पहिलो अवसर हो । प्रतियोगितामा शुक्रबार पत्रकार माहसंघ सुनसरी र बराहक्षेत्र नगरपालिकाका कर्मचारी बीच मैत्रीपुर्ण खेल हुनेछ । प्रतियोगिताको फाईनल शनिबार हुनेछ । बिजेताले १ लाख २५ हजार र उपविजेताले ७५ हजार नगदसँगै ट्रफी तथा मेड्ल प्रमाणपत्र प्राप्त गर्नेछ ।