धरान:धरानको भानुचोक क्षेत्रमा नयाँ रेष्टुरेष्ट एण्ड बार सञ्चालनमा आएको छ ।

द गुगल नामको रेष्टुरेष्ट एण्ड बार आज शनिबारदेखि सञ्चालनमा आएको हो । यो बार भानुचोकको अनलाइन कम्प्युटर सञ्चालनमा रहेको भवन र सिटि प्लाजाको बीचमा रहेको छ । उक्त बारको शनिबार एक कार्यक्रमबीच होटल एशोसिएशन अफ धरानका अध्यक्ष सरोज भटराईले रिबन काटेर उद्घाटन गरेका थिए । होटल उद्घाटन कार्यक्रममा चर्चित गायक ए.पी.शेर्पा, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेको पनि उपस्थिति रहेको थियो । होटल एशोशिएनका अध्यक्ष भटराईले धरान प्रदेश नं १ को पर्यटकीय हब बन्दै गएको धारणा राख्दै नयाँ रेष्टुरेष्ट तथा बारले पर्यटनलाई उर्जा मिलेको बताए । बारलाई शुभकामना दिदै अध्यक्ष भटराईले एशोसिएशनले आवश्यक परेको बेला सहयोग गर्न तत्पर रहेको पनि बताए ।

IMG_8705

उद्घाटन समारोहमा केकसमेत काटिएको थियो । बारका सञ्चालक जगत दाहालका बुबाले केक काटेका थिए । यो बार स्थायी घर बराहक्षेत्र नगरपालिका २ का जगत दाहालले सञ्चालनमा ल्याएका हुन् । उनका अनुसार १५ लाख बढी लगानी भइसकेको छ । उनीसँग रेष्टुरेष्ट व्यवसायको झण्डै एक दशक लामो अनुभव छ । यसअघि उनी काठमाण्डौंमा यही व्यवसायमा थिए । ‘आफ्नै ठाउँमा केही गरौं न भनेर यता आएको हुँ,’उनले भने ।