कम्बोडिया : कम्बोडियाको सिहानोक्भाइल शहरमा सात तले भवन भत्किदा ७ जनाको मृत्यु भएको छ ।

घटनामा २१ जना घाइते भएका छन् । चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको निर्माणाधीन अवस्थाको भवन भत्केको हो ।

भवनको भग्नावशेषमा पुरिएका केही मानिस हराइरहेकोले खोजी तीब्र पारिएको छ । घटनापछि भवन निर्माणका जिम्मा लिएको कम्पनीका चार जना कर्मचारीलाई पक्राउ गरि अनुसन्धान थालिएको छ ।
मृत्यु हुनेमा तीन जना कम्बोडियन नागरिक, दुईजना कामदार र दोभाषे रहेका छन् ।